शनिबार, ६ बैशाख २०८२ २२:१६

कोरोना जोखिमका बाबजुत पनि प्रकृति संरक्षणमा खटिने व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री अपरिहार्य हुने- बोहोरा

मंगलवार, १ भाद्र २०७८ १७:३१

भदौ-१, हेल्लो नेपाल ।

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रतिष्ठानले अमेरिकाको प्रोजेक्ट होपको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री कोषलाई प्रदान गरेको हो । प्रतिष्ठानले १२०० वटा आइशोलेशन गाउन , थर्मोमिटर ८ वटा, मिडियम पिपिइ १३८ वटा, ठूलो पिपिई १३८ वटा, एन ९५ माक्स ७ हजार ६ सय ८० वटा, नर्मल मास्क ४२ सय वटा लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

https://youtu.be/SCnAq-pNhZ4

कार्यक्रममा पूर्ववनमन्त्री दिपक बोहराले कोरोना जोखिमका बाबजुत पनि प्रकृति संरक्षणमा खटिने व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री अरिहार्य हुने बताउनुभयो । उहाले नेपालमा बाघको संख्या बढाउनका लागि कोषले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै कोषका अध्यक्ष कृष्ण प्रसाद ओलीले स्वास्थ्य सामाग्रीप्रति आभार व्यक्त गर्दै प्रकृति संरक्षणमा खटिएका व्यक्तिहरुलाई प्रदान गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले सामाजिक उत्तरदायी बहन गर्दै कोषलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाले कोरोना महामारी बढ्दै जाँदा प्रकृति संरक्षणमा चूनौति रहेको भन्दै सहयोग गरिएको बताउनुभयो । यसअघि प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य सामाग्री भित्राएको थियो । प्रतिष्ठानले उक्त स्वास्थ्य सामाग्री सातवटै प्रदेशका अस्पतालमा बितरण समेत गरिरहेको छ ।