शनिबार, ६ बैशाख २०८२ २२:१४

समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक-प्रचण्ड

बुधबार, २ भाद्र २०७८ १३:११

भदौ–२,हेल्लो नेपाल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी प्रवृतिलाई निर्मुल पार्न विद्रोह गर्नुपरेको बताउनुभएको छ । रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र देखा परेको तानाशाही,निरंकुश,व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृतिप्रति विद्रोह गर्नुपरेको बताउनुभएको हो ।

कम्युनिष्टमा देखापरेको व्यक्तिवादी प्रवृतिलाई रोक्न आफुहरुले निर्मम रुपमा विद्रोह गरेको र सफल भएको उहाको भनाई छ । प्रतिगमन अहिलेलाई परास्त भएको र संविधान तथा राष्ट्रियतालाई रक्षा गर्ने प्रवृति बिजयी भएको उहाले बताउनुभयो । प्रचण्डले समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक पर्ने जिकिर गर्नुभयो । उहाले पार्टीलाई शसक्त बनाउनका लागि तल्लो तहदेखि नै साथ दिनुपर्ने धारणा राख्नुभयो ।

प्रचण्डले मुलुकको परिवर्तनका लागि सहिद, घाइते, अपाङहरुलाई कहिल्यै नविर्सने स्पष्ट पार्नुभयो । उहाले कम्युनिष्टलाई एकतावद्ध पार्न सदैव लागिपर्ने बताउनुभयो ।