शनिबार, ६ बैशाख २०८२ २२:१६

देवदहको सटाक खोलामा भत्कियो घर, मानवीय क्षति भएन

शनिबार, ५ भाद्र २०७८ १३:०६


भदौ -५, हेल्लो नेपाल ।
देवदह नगरपालिका -६ सटाक खोलामा वर्षातका कारण एक घर भत्किएको छ । शुक्रवार राती परेको बर्षातका कारण घर भत्किएको स्थानीय विष्णु बरालले बताए । रातीको समयमा भत्किएको घरको एका तर्फको भाग क्षतिग्रस्त भएको छ ।

घर भत्किदा मानवीय क्षति भने नभएको घर धनी मन कुमारी कामुले  बताइन । घरमा रहेका भाडाकुडा लगायतका केही घरायसी सामानहरु भने क्षतिग्रस्त भएको छ ।

स्थानीयको घर भत्किएको जानकारी पाए पछि आफू त्यहा सम्म पुगेर क्षतिको वारेमा जानकारी लिएको देवदह – ६ का वडा सदस्य खेम बहादुर थापाले बताए । थापाले भने, पीडित परिवारलाई विपद व्यवस्थापन कोषबाट आवश्यक राहात उपलब्ध गराउन सहयोग गर्ने छौ ।

चुरेको फेदीमा रहेको सटाकखोलामा वेला बखतमा यस्तै विपदहरु आई पर्ने भएकाले त्यसको न्यूनीकरणका लागि समेत पहल गरिने वडा सदस्य थापाले बताए ।