जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन
भदौ–१०,हेल्लो नेपाल ।
जनगायक जेबी टुहुरेको निधन भएको छ। मंगलबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी बयोधा अस्पतालमा भर्ना हुनुभएका टुहुरेको बिहीबार उपचारका क्रममा निधन भएको हो ।
पिता कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो छोराको रूपमा वि.सं २००१ कात्तिक १५ गते धरानमा जन्मनुभएका टुहुरे मुटु,फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लाग्नुभएका उहाँको “आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …..” बोलको गीत सबै माझ चर्चित छ ।
उहाँको शव श्रद्धाञ्जलीका लागि बिहीबार पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राख्ने र त्यसपछि अन्तिम संस्कारको लागि पशुपतिमा शव लगिने पारिवारिक स्रोतले जनाएको छ ।