शनिबार, ६ बैशाख २०८२ २२:१४

प्रदेश नं १ को मुख्यमन्त्रीमा भीमप्रसाद आचार्य

बिहीबार, १० भाद्र २०७८ १३:०२

भदौ–१०,हेल्लो नेपाल ।

नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले बिहीबार मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सपथ कार्यक्रममा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि आचार्य बिहीबार नै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।