शनिबार, ६ बैशाख २०८२ २२:१४

नवलपरासीमा बाढीले बगाएर एक किशोर बेपत्ता

शुक्रबार, ११ भाद्र २०७८ १५:३२

भदौ–११,हेल्लो नेपाल ।

गएराति देखी परेको अविरल वर्षाका कारण नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर एक जना किशोर बेपत्ता भएको छ । सुनवलको वडा नम्बर(४ का १४ वर्षीय किशोर बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै वर्षाका कारण रुपन्देहीका देवदह,तिलोत्तमा,भैरहवा, तिलोत्तमा, मर्चवारी लगायतका ठाउँहरुमा डुबानमा परेका छन् । बाढीले नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार समेत प्रभावित बनेको छ । परासी हुँदै बगेको झरही नदी र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजारका सयौं घरहरू डुबानमा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीले परासी बजार, रामग्राम नगरपालिकाको वडा नम्बर(१ को सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नम्बर–५ को इमलीटोल, बुद्ध चोक टोल र वडा नम्बर–६ पोखरापाली लगायतका धेरै जस्तो क्षेत्र डुबानमा परेको छ ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले कति क्षति भयो भन्ने बारे क्षतिको विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।