सल्यानमा यात्रुवाहक बस दुर्घटना,१५ जना घाइते
भदौ–१८,हेल्लो नेपाल।
सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएको छ । दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस शुक्रबार दिउंसो सल्यानको कपुरकोटमा दुर्घटना हुदाँ १५ जना घाइते भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा सल्यान कपुरकोट ५ निवासी २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गाउँपालिका ५ का २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ का ४९ वर्षिय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ का ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिकाका ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिमका ४५ वर्षिय धन कुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा, कपुरकोट गा।पा। ५ निवासी तिला महतरा, बागचौर नगरपालिका २ का ४५ वर्षिय लाल बहादुर डाँगी, दाङ दंगीशरण गाउँपालिका ५ का २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, पश्चिमरुकुम मसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, पश्चिमरुकुम त्रिबेणी गाउँपालिका २ निवासी २१ वर्षिय जोकबहादुर खड्का र सोही ठाउँ निवासी २२ वर्षिय किरण ओली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार रहेको र दुर्घटना के कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।