आईतवार, ७ बैशाख २०८२ ०५:२३

आइतबार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५

आईतवार, १४ कार्तिक २०७८ १३:४४

कार्तिक–१५, हेल्लो नेपाल ।
नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ । त्यस्तै थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् ।

हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।