शनिबार, ६ बैशाख २०८२ ०९:४५

बाँकेको जनताको मन जितेर विदा भए प्रहरी उपरीक्षक राना

बिहीबार, १७ असार २०७८ १६:०७

असार १७

वाँके जिल्लाको प्रहरी प्रमुख भएर गत वर्ष देखि जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक रानाले एक वर्षको कार्यकालमा जिल्लाको शान्ती सुरक्षालाई प्रभावकारी मात्र बनाएनन् ,फरार सचीमा रहेका ६ सय २ जना अभियुक्तहरुलाई कानुनको दायरामा ल्याएर कानुनी शासनको स्थापना गर्न समेत योगदान पु¥याए ।

रानाले नेतृत्व लिए पछि वाँकेमा विभिन्न अपराधमा संलग्न १ हजार १ सय ३५ जनालाई पक्राउ गरी कानुनी कार्यवाही गरिएका छ । त्यसरी पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,जवरजस्ती करणी,चोरी,डकैती,गुण्डागर्दी लगायतका अपराधमा संलग्न रहेका व्यक्तिहरु रहेका छन् । वाँकेमा मोस्ट वान्टेड सुचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरीवाना भई फरार रहेका ४ सय ७० जना,प्रहरीमा मुद्धा दर्ता भई लामो समय देखि फरार सुचीमा रहेका ८५ जना,मुद्धा अदालतमा रही मुलतवीमा रहेका ४७ जनालाई रानाको एक वर्षे कार्यकालमा पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय वाँकेले जनाएको छ ।
यसैगरि गत एक वर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको छ ।

भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको तथा वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो त्यस कार्यको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेर ५६८ ग्राम ब्राउन सुगर, ३४ किलो अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो गाजा र ३६ लिटर कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको रानाले बताए।

सोही प्रकारले गुण्डागर्दी गर्ने १६ जनालाई कारवाही गरिएको, रातको समयमा हो हल्ला गरि हिड्ने ४४५ जनालाई कारवाही गरेर शान्त पारिएको तथा चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरि सम्बन्धित व्यक्तिलाई बुझाईएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधीमा ४३ जनालाई भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको छ । जुवातास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन पनि एसपी रानाले उल्लेख्य कार्य गरेको जिप्रका बाँकेले जनाएको छ ।

अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताए । विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको बताउए ।

सवै भन्दा ठुलो चुनौति भनेको कोरोना व्यवस्थापन नै थियो । पहिलो लहरको कोरोना प्रभाव सकिएर दोस्रो लहर शुरु हुने अवस्थामा प्रहरी उपरीक्षक रानाले फ्रन्टलाईनमा खट्ने प्रहरी निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न सफल भए । सो अवधीमा उनको नेतृत्वमा अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हाल्नु भएका एसपी रानाले पत्रकार भेटघट मार्फत मुख्य १७ बुदे कार्ययोजना बनाई प्रस्तुत गरेका थिए। केही दिन अघि वाँके बाट भैरहवा सरुवा भएका राना भैरहवाबाट समेत काठमाडौ सरुवा भएका छन् ।