फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजद्वारा स्याङ्जा गल्याङकी बिरामीलाई आर्थिक सहयोग

बैशाख १५ | मगर समुदायको लोकप्रिय फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजले स्याङ्जा गल्याङकी बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
संसारका एडमिन सबिना थापा मगर र स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा गंगा सारू मगरलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

रुपन्देहीको देवदह निवासी मगर संसारका संस्थापक अध्यक्ष/सामाजिक अभियंता अनिल लामीछाने मगरको बिशेष पहलमा संकलित सहयोग रकम रु.७३,५५५./- रुपिया मगर संसार ग्रुपको माध्यमबाट स्याङजा गल्याङ नगरपालिका वार्ड नम्बर ८ की केहि महिना अगाडी एउटा हात भाँचिएर उपचार पछि अहिले शरीरको बिभिन्न अंगहरु नचल्ने पीड़ित १४ बर्षीय गंगा सारू मगरलाई हस्तान्तरण गरेको हो । देवदह निवासी अनिल लामिछाने मगर हाल द.कोरियामा कार्यरत छन् ।
अनिल मगरको बिशेष सक्रियतामा हालसम्म मगर संसार द्वारा एक सय जना दिन, दुखी ,गरीब ,बिरामिलाई सहयोग गरी सकेको जनाएको छ ।