शनिबार, ६ बैशाख २०८२ २२:१४

शुद्धोधन जेसिज द्वारा मृगौला उपचार गराईरहेका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण

बुधबार, ११ जेष्ठ २०७९ ०१:५२

जेठ ११, सहायता रकम हस्तान्तरण शुद्धोधन जेसिजले शुद्धोधन ४ फर्साटिकरका मृगौला उपचार गराईरहेका राकेश बि. क को परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गरेको छ ।

बुटबलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डाईग्नोसिस गरिरहेका बिक लामो समय देखि नियमित उपचाररत रहेको र थप उपचारमा मृगौला प्रत्यारोपण मात्र सम्भव रहेको राकेशका पिताले बताएका छन्।

शुद्धोधन जेसिजले राकेशले प्रयोग गर्ने नियमित औषघि खरिदका लागि सहयोग स्वरुप रु. १५०००/- आर्थीक सहयोग गरेको र आगामी दिनमा थप उपचारको क्रममा पनी जेसिजले सहयोग गर्ने अध्यक्ष मुकेश कुँवरले जानकारी दिएका छन् ।