शनिबार, ६ बैशाख २०८२ २२:१४

मगर संसार द्वारा रुकुमकी क्यान्सर पीडित सुष्मिता बुढालाई सहयोग रकम हस्तान्तरण

बुधबार, ११ जेष्ठ २०७९ ०२:०७

जेठ ११, अनिल लामिछाने मगरको पहलमा रु.६,६५,३८० रुपैया संकलन,मगर संसार द्वारा रुकुमकी क्यान्सर पीडित सुष्मिता बुढालाई हस्तान्तरण गरिएको छ ।

रुपन्देही जिल्ला देवदह ७ सितलनगर निवासी मगर संसार फोटो ग्यालरी ग्रुप/पेजका संस्थापक अध्यक्ष/सामाजिक अभियंता अनिल लामीछाने मगरको बिशेष पहलमा संकलित नेपाली रु.६ लाख ६५ हजार ३ सय ८० रुपिया पूर्वी रुकुम पुथा उत्तरगंगा – १४ राँसी की तीन बर्षीय छोरिको आमा १८ बर्षीय क्यान्सर पीडित सुस्मिता बुढा मगरलाई सहयोग गरेको छ। क्यान्सर अस्पताल भक्तपुरमा उपचार गरीरहेकि सुस्मितालाई उत्त रकम मगर संसारको माध्यमबाट हस्तान्तरण गरेको हो। गत बर्ष पायल्स बिग्रेर क्यान्सर पिडित बनेकी सुष्मिताको दयनीय आर्थिक अवस्था देखेर अनिल लामिछाने मगरले सुस्मिता बचाउ अभियान संचालन गरी उत्त रकम संकलन गरेको थियो। सहयोग रकम द.कोरिया, अमेरिका, दुबई, मलेशिया, जापान, नेपाल, यू के, रोमानिया, क्यान्डा, हङकङ, कुबेत, साउदी लगायत बाट सहयोग जुटेको थियो।

हाल द.कोरिया कार्यरत अनिल लामिछाने मगरको बिशेष सक्रियतामा आज सम्म मगर संसार फोटो ग्यालरी ग्रुप /पेजले १०३ जना दिन, दुखी ,गरीब ,बिरामिलाई सहयोग गरी सकेको हामीलाई जानकारी दिनु भएको छ।