आईतवार, ७ बैशाख २०८२ ०३:०६

कांग्रेस केन्द्रीय कार्यालयमा बाराका नेता-कार्यकर्ताको धर्ना

आईतवार, २७ असार २०७८ १५:४१

साउन–२७ । नेपाली कांग्रेस बारामा क्रियाशिल सदस्यता वितरणमा धाधली भएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । बारा जिल्लामा समायोजनाको विवाद टुङ्गीएपछि पनि वडालाइ जानकारी नगरी क्षेत्रले सिधै केन्द्रमा इन्ट्री गराएको भन्दै उनीहरुले आइतबार पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

पार्टीका क्षेत्रिय सभापतिहरुले आफु अनुकुलको व्यक्तिको नाममात्र केन्द्रमा पठाएको उनीहरुको आरोप छ । समायोजन अनुसार ताकिएका कुल १८ मध्ये १३ वडा सभापतिलाई क्रियाशिल सदस्यताको फारम समेत उपलब्ध नगराई सदस्यता केन्द्रमा पठाएको महाधिवेशन प्रतिनिधी राजेश रौनियारले बताउनुभयो । धर्नामा सहभागीहरुले नेता तथा कार्यकर्ताको नियतवस रोकिएको क्रियाशिल नविकरण तत्काल सुरु गर्नुपर्ने, बिधान नियमावली कार्यान्वयन गर्नुपर्ने, क्रियाशिलमा भएको धाधली छानविन गर्नुपर्ने लगाएका माग राखेका छन् । आफुहरुको माग पुरा नभए निरन्तर धर्ना दिने उनीहरुको भनाई छ ।