शनिबार, ६ बैशाख २०८२ १८:३७

मगर स्थापना दिवसको अवसरमा भोली देवदह नगरपालिकामा सार्वजनिक बिदा

आईतवार, १४ फाल्गुन २०७९ १३:२४

फागुन-१४,देवदह ।
देवदह नगरपालिकाले भोली फागुन १५ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । ४१ औं मगर एकता दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक विदा दिने एक सूचना मार्फत जानकारी दिएको हो ।

देवदह नगरपालिकाको फागुन १४ गतेको निर्णय अनुसार मगर एकता दिवसको अवसरमा बिदा दिने निर्णय गरेको देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरीले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

भोली देवदह नगरपालिका क्षेत्र भित्रका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरु बिदा हुने नगरपालिकाले जनाएको छ ।