शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने

असार-३० | सरकारले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । मोबाइल आयातलाई नियमन गर्न दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सञ्चालनमा ल्याउन लागेको हो । यो सिस्टम लागु भएपछि भन्सार नतिरी अवैध ढङ्गले ल्याइएका मोबाइल फोन बन्द हुने,चोरी,पैठारीको काम ठप्प हुने छ । नेपालमा हरेक वर्ष करिब ४० अर्ब रुपैयाँ हाराहारीको मोबाइल आयात हुने गरेको छ । ‘एमडीएमएस लागू हुने बित्तिकै मोबाइलको अवैध आयात पूर्णरुपमा नै बन्द हुनेछ भने त्यस्ता व्यक्तिहरू पनि करको दायरामा आउने मोबाइल आयातकर्ता संघ नेपालले जनाएको छ । यो सिस्टम लागु भएपछि सरकार, आयातकर्ता, व्यावसायी र उपभोक्ता सबैलाई राम्रो हुने विश्वास लिइएको छ । एमडीएमएस लागू भएर अवैध आयात रोकिँदा उपभोक्ताहरू मूल्यमा ठगिनबाट बच्ने मात्र होइन, उपभोक्ताले सही सामान खरिद गर्न पाउने छन । एमडीएमएसको कार्यन्वयनले सरकार र आयातकर्तासँगै सबैभन्दा बढी उपभोक्ता नै लाभान्वित हुनेछ । अवैध आयात बन्द हुने वित्तिकै वैधानिक आयातकर्ताहरूको आयातको संख्या बढ्न जादाँ त्यसले रिटेल मूल्यमा धेरै फरक पर्न जान्छ । यसले मोबाइलको मूल्य बजारमा सस्तो पनि हुन पुग्नेछ । साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना लाग्ने प्राधिकरणले जनाएको छ ।