आईतवार, ७ बैशाख २०८२ ०३:०४

पर्सामा खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ

सोमबार, ४ श्रावण २०७८ १५:३४

साउन–४ । प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं.-१ का धोरेका वडाध्यक्ष सहित तीन जनालाई लागु औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका(१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका वडा नं.-१ का धोरेका ५५ वर्षीय वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनी,वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनी रहेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।

प्रहरीले खैरो हिरोइन, मोटरसाइकल सहित नियन्त्रणमा लिएका तीनै जनाविरुद्ध लागू औषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ ।