आईतवार, ७ बैशाख २०८२ ०३:०४

“म ३/४ दिनदेखी मानसिक रोगको सिकार भएको छु” – प्रचण्ड

शनिबार, ९ श्रावण २०७८ ११:४३

साउन–९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३,४ दिनदेखी आफु मानसिक रोगको सिकार भएको बताउनुभएको छ । पार्टीभित्र सबै मन्त्रीका आंकाक्षी भएका कारण आफुलाई मन्त्री छान्न हम्मे परेको बताउदै आफु  त्यही कारण मानसिक रोगको सिकार भएको बताउनुभएको हो ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताउनुभएको हो । पार्टीका धैरै नेताहरु आंकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठेरो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताउनुभयो । पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उहाले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गर्नुभयो । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अव अन्त्य गर्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले गठवन्धनका विरोधीहरुले यो गठवन्धन फुटाउने लागेको टिप्पणी गर्नुभयो । एमसीसीमा भिडाएर गठबन्धन बीच झगडा गराउने प्रयास भइरहेको उहाको भनाई छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताउनुभयोे ।

उहाले संविधानलाई सहि ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गर्नुभयो । सरकारले सुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागत योग्य रहेको उहाको भनाई छ ।