देवदहमा लागु औषध सहित १ जना पक्राउ

साउन–११, केशव पराजुली
रुपन्देहीको देवदह प्रहरीले लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल र खैरेनी प्रहरी चौकीको संयूक्त टोलीले सुराकीका आधारमा देवदह खैरेनीमा चेकजाँच गर्दा लु ३३ प ४४३३ नं.को अपाचे मोटरसाईकलमा सिमेन्टको बोराको झोलामा १ सय ५० सेट लागू औषध बरामद गरेको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरिक्षक गंगा बहादुर सारुले जानकारी दिनु भएको छ ।
सारुका अनुसार रामग्राम नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० का राजेश बानियाँ अग्रहरीसँग डाईजेपाम १ सय ५० थान,फेनार्गन १सय ५० थान, नुफिन १सय ५० थान बरामद गरेको हो ।
देवदह प्रहरीले आईतबार नै देवदह १ सिक्टहनटोलबाट स्थानिय महेन्द्र यादवको निर्माणाधिन घरबाट ८ क्वीन्टल अबैध चिनी बरामद गरी भन्सार कार्यालय पठाईएको प्रहरी निरिक्षक सारुले जानकारी दिनु भयो ।