एमसीसी खारेजीको माग गर्दै प्रर्दशन

साउन–१२ । सरकार परिवर्तनसंगै अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) को विरोधमा प्रदर्शन भएको छ । नेपालका लागि नेपाली पार्टीले मंगलबार काठमाडौंको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रेकाहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेरका थिए । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ, एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन– एमसीसी चाहिँदैन लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा अधिवक्ता बालकृष्ण न्यौपानले एमसीसी अहिलको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताउनुभयो ।
उनीहरुले एमसीसी को विरोधमा निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।