शनिबार, ६ बैशाख २०८२ २२:१२

पार्टी एकतालाई मजवुत बनाउन सकारात्मक सोंच र चिन्तन राखौं– केन्द्रीय सदस्य न्यौपाने

बिहीबार, १४ श्रावण २०७८ १३:४६

साउन १४ | नेकपा एमालेका केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज दधिराम न्यौपानले मजवुत पार्टी निर्माणको कुनै विकल्प नरहेको बताउनु भएको छ । पार्टीको देवदह नगर कमिटीको विस्तारित बैठकलाई सम्वोधन गर्दै उहाले सकरात्मक सोच र चिन्तन राख्न सकेमा एकता मजवुत र दरिलो बन्ने बताउनु भयो । उहाँले पार्टीको नीति निर्देशनलाई पार्टीका सम्पूर्ण कार्यकर्ताले पालना गर्नु पर्ने बताउँदै एमालेको वैचारीक लाईनले मात्र समााजको रुपान्तरण संभव भएको दावी गर्नु भयो । पार्टी केन्द्रमा देखिएको असमझदारी विचारको नभई,पद र प्रतिष्ठाको हो भन्दै नेता न्यौपानेले केही दिनमा सवै समस्या निराकरण भएर जाने बताउनु भयो । उहाले तोकिएकै समयमा पार्टी सदस्यता नविकरण गरी संगठन निर्माण कार्यलाई निव्रता दिन कार्यकर्तालाई आग्रह गर्नु भयो । पार्टीका नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता लुम्विनी प्रदेश कमिटीका सल्लाहकार कविराम अर्याल, प्रदेश कमिटीका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, पार्टीका जिल्ला सहसंयोजक तेजेन्द्र केसी, जिल्ला सचिव अनुप बराल, क्षेत्रीय संयोजक यज्ञ गैरे, पार्टी जिल्ला सचिवालय सदस्य ऋषिराम सापकोटा प्रदेश क्षेत्रीय सचिव सञ्जय गुप्ता, पार्टीका नेता, धुव्रप्रसाद खरेल, डोलराज चापागाई, टिकाराम चापागाई, लगायतले आ–आफना भनाई राख्नु भएको थियो । बैठकले भुमिहिन तथा अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न, राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको आम नागरीकले वसोवास गरेको तथा जोतभोग गरेको जग्गा तत्काल जनतालाई उपल्व्ध गराउन सरकारसँग माग गरेको छ । त्यसै गरी वैठकले पार्टी सदस्यता नकिवरण संगै नया पार्टी सदस्यता विस्तारलाई समेत तिव्रताका साथ गाउटोल सम्म पु¥याउने निर्णय गरेको छ । पार्टी सदस्यता विस्तार तथा नविकरणको लागि वडागत कार्यदल गठन गरेको छ । बैठकले कोभिड विरुद्धको खोप नलगाएका जेष्ठ नागरिकहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गर्ने निर्णय भएको अध्यक्ष अर्यालले बताउनु भयो । सो अवसरमा पानवारी खेलमैदान निर्माणको काम नगरी देवदह नगरपालिकाद्धारा रकम निकासी गरेको भन्दै बैठकमा बोल्ने वक्ताहरुले गुनासो गरेका थिए । बैठकले नेतृत्वको कार्यशैली, स्थानीय बजेट, स्थानीय विकास निर्माणको पारर्दशिताका विषयमा समेत कुरा उठाएका थिए । बैठक कृष्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।