छोरीहरुले गरे आमाको काजकिरिया

कृष्ण ढकाल, साउन–२२ ,बर्दघाट ।
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर–१३,सूर्यवस्तीका दुई किसोरीहरु सामाजिक संस्कारलाई परिवर्तन गर्ने भन्दै अहिले आफ्नी आमाको क्रिया आफै गरीरहेका छन् । आफुलाई जन्मदिएर संसार देखाउने देखि हुर्काउने पढाउने सबै गर्ने आमाको किरीया गर्न छोरा मात्र चाहिन्छ भन्नु छैन छोरीले पनि गर्न हुन्छ भन्दै आमाको दाहसंस्कार गर्ने देखि किरीया बस्ने सम्मको सोंच आफुले गरेको ति किसोरीेले बताएका छन् । २०६१ सालमा लील बहादुर सुनारसंग अन्तरजातीय प्रेम विवाह गरेकी तिलिसरा राना ९सुनार० को ३५ वर्षको उमेरमा फोक्सोमा क्यान्सर भएर मृत्यु भएपछि छोरा ३ वर्षको रहेका कारण उनका दुई छोरीले अहिले सामाजिक संस्कारलाई परिवर्तन गर्ने भन्दै आमाको किरीया गरीरहेका छन् । गत साउन ११ गते तिलिसराको मृत्यु भए पछि अहिले किरीया बसेकी १६ वर्षीय छोरी अञ्जली सुनार कक्षा १० र अञ्जु सुनार कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी हुन् । हिन्दु धर्म–संस्कार अनुसार मृत्यु संस्कारमा आफ्नो छोराले नै काजकिरीया गर्नु पर्ने र छोरा नभए भाई खलकको छोराले काजकिरीया गर्ने संस्कार भए पनि सुनवलका यि दुई किशोरीहरुले भने आफ्नी आमाको किरीया अरुलाई गर्न नदिने भन्दै आफैले गरेपछि समाजका ब्यक्तिहरु समेत दंग परेका छन् ।