शनिबार, ६ बैशाख २०८२ १८:३३

शुद्धोधन जेसिज र ज्ञानज्योति आ.वि. द्वारा वृक्षारोपण सम्पन्न

शुक्रबार, २२ श्रावण २०७८ ११:०९

साउन–२२,फर्साटिकर ।

शुद्धोधन गाउँपालिका–३ को संरक्षणमा रहेको ज्ञानज्योती आधारभुत विद्यालयको जग्गामा वृक्षारोपण गर्ने काम सम्पन्न भएको छ । शुद्धोधन जेसिज र ज्ञानज्योति आधारभुत विद्यालयको संयुक्त आयोजनामा १०० बढि बिरुवा संकलन गरि विद्यालयको जग्गामा बृक्षारोपण गर्ने कार्य सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै जेसिज २०२० अध्यक्ष रामजी पौडेलले यस्ता कार्यले वातावरणीय स्वच्छता सगै पर्यावरणीय सुन्दरता थपिने बताउनुभयो । वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द चौधरी ,प्रधानाध्यापक गिता पाण्डे,शुद्धोधन जेसिजका अध्यक्ष रामजी पौडेल , संस्थापक अध्यक्ष एवम् यज्ञोदय क्याम्पसका अध्यक्ष रमेश खनाल,पुर्व अध्यक्ष चुडामणि डुम्रे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन कार्यकारी उपाध्यक्ष जेसि रमेश गौतमले गर्नुभएको थियो।