रुपन्देहीमा चामल लुटन ट्रक चालकको हत्या

साउन २६, हेल्लो नेपाल ।
भैरहवा ,
अपराधको स्वरुप पनि कस्ता -कस्ता हुन्छन् ।अपराधीले विभिन्न तरिकाले अपराध गरी समाजलाई त्रशित परिरहेको हुन्छ । रुपन्देहीमा पनि यस्तै एउटा अनौठो अपराधको घटना घटेको छ । अपराधीहरुले भारतबाट काठमाडौं चामल बोकेर जादै गरेको ट्रक चालकलाई घत्या गरी १८ लाख मुल्य बरावरको चामल लुटपाट गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं. १३ मा साउन २० गते एक जना पुरषको शव भेटियो ।
अनुसन्धान गर्दै जादा ति पुरुष भारतिय नागरिक रहेको पुष्टि भयो । रुपन्देहीको रोणिही गाउँपालिका सशुराली भएका ति व्यक्ति भारतको महाराजगंज ग्राम एकडेगवा टोल बुडवा निवासी तौखिक अहमत भएको खुल्यो । उनी भारतिय ट्रक युपि ५३ एटि ०१४१ नंम्वरको ट्रक चालक थिए । भारतीय व्यपारिले काठमाण्डौमा रहेका नन्दन गुप्ता नाम गरेका व्यापारिलाई १८ लाख मूल्य वरावरको चामल पठाएका थिए ।
रुपन्देहीको सिद्धार्थनगर ६ निवासी सद्याम कुजडाले काठमाण्डौको व्यपारी नन्दनको मोवाईल नंम्वर पत्ता लगाएर आफु पनि चामल व्वापारी भन्दै पटक पटक कुरा गरेका थिए । नगद कारोवारमा चामल खरिद गर्ने भन्ने फोनमा ढिल भएपछि व्यापारी नन्दन मार्फत कुजडाले चालक संग सम्पर्क गरेका थिए ।
साउन २० गते भैरहवा भन्सारमा भन्सार सम्बन्धी काम सकिए पछि भन्सारबाट १ कि.मि उत्तर तर्फ बाइपास रोडमा पुगि चालकसंग केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेका थिए । सोहि समयमा चालकलाई इटाले टाउकोमा प्रहार गरि शवलाई डण्डा खोलामा फालेका थिए ।
चालकको हत्या पछि अपराधिहरुले ट्रक लिएर नवलपरासिको भुमहीमा लगि चामल अनलोड गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुुसार चालकको हत्या तथा चामल लुटपाटमा सिद्धार्थनगर ६ का सद्याम कुजडा, अलि मुुसलमान, महेश कहार र तनहु शुल्का गण्डकी -१० का सुनिल पौडेल संलग्न रहेका थिए ।
उनीहरुले चामल लुट्नका लागि चालकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए ।