देवदहको वुद्ध सामुदायिक वन गणेशमान सिंह राष्ट्रिय पुरस्कार बाट सम्मानित

साउन २७,हेल्लो नेपाल ।
रुपन्देहीको बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह–५, ६, गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ बाट सम्मानित भएको छ । नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागद्धारा हरेक बर्ष प्रदान गर्दै आएको गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट यस बर्ष बुद्ध सामुदायिक वन उपभोक्ता समुहलाई दोश्रो पुरस्कारबाट पुरस्कृत गरिएको हो । सामुदायिक वन दिवस–२०७८ को अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बुद्ध सामुदायिक वन उपभोक्ता समुहलाई नगद ७५ हजार सहित गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको हो । े वनको संरक्षण, सम्वद्र्धन र आगलागी नियन्त्रणमा विशेष भूमिका खेलेको भन्दै बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदहलाई गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

यस समुहले वनको संरक्षण र सम्वद्र्धन संगै पर्यटकीय क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएको भन्दै नेपाल भरीका सामुदायिक वन उपभोक्ता समुहबाट छनोट भई यस बर्षको गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय–२०७८ प्राप्त गर्न सफल भएको छ । समुहले बैज्ञानीक वन व्यवस्थापन संगै वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पु¥याएको छ । देश भर रहेको सामुदायिक वनहरुबाट राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बार्षिक रुपमा गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको व्यवस्था गरिएको मन्त्रालयका सहायक वन अधिकृत विष्णु ज्ञवालीले बताउनु भयो । बुद्ध सामुदायिक वन उपभोक्ता समुह डिभिजन वन कार्यालयले प्रदान गर्ने पुरस्कारबाट समेत पुरस्कृत भईसकेको छ । बुद्ध सामुदायिक वनले रुपन्देहीको पुर्वी क्षेत्रमा नमुना सामुदायिक वनको रुपमा पहिचान स्थापित गरिसकेको छ । वन तथा वातावरण मन्त्रालयले प्रदान गर्दै आएको गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ को पहिलो पुरस्कार भाटीधारी सामुदायिक वन उपभोक्ता समुह धनुषाले प्राप्त गरेको छ । गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ बाट सम्मानित भएकोमा बुद्ध सामुदायिक वन उपभोक्ता समुह उत्साहित भएका छन् । वनको संरक्षण, सम्वद्र्धन र पर्यटीयक क्षेत्रमा गरेकोे योगदानको कदर गर्दै राष्ट्रिय पुरस्कार प्राप्त गरे पछि आफुलाई थप जिम्मेवारी थपिएको समुहका अध्यक्ष टेकबहादुर रानाले वताउनु भयो ।

समुहका उपभोक्ता, समितिका पदाधिकारी, सदस्य, विभिन्न उपसमिति, स्थानीय समाजसेवी, बन कार्यालयको सहयोगले मात्र बुद्ध सामुदायिक वन उपभोक्ता समुहले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७८ प्राप्त गर्न सफल भएको अध्यक्ष रानाको भनाई रहेको छ । यसैगरी गणेशबहादुर शाही पुरस्कारबाट डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन रक्षक श्रीनिवास चौधरी सम्मानित हुनु भएको छ । त्यसैगरी वनको संरक्षण, सम्वद्र्धनको व्यवस्थापनमा राम्रो भूमिका खेलेको भन्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदी सम्मानित हुनु भएको छ । सुवेदीलाई सामुदायिक वन दिवस–२०७८ को अवसरमा वन तथा वातावरण मन्त्रालयले सम्मान गरेको हो ।