महिलाको अस्मिता लुटने गाउपालिका अध्यक्ष प्रहरीको फन्दामा

साउन २८, हेल्लो नेपाल ।
जनताको सेवा गर्ने, गाह्रो , साह्रो र अप्ठ्यारोमा जनतालाई साथ दिने प्रतिवद्धता बोकेर जनप्रतिनिधिहरु जनताबाट निर्वाचित भएका हुन्छ्न । तर केही जनप्रतिनिधिहरु भने आफ्नो जिम्मेवारी र दायित्वबाट विचलित बनेर आवान्छित क्रियाकलापमा समेत संलग्न भएको पाइएको छ । त्यसरी गलत काम गरेको आरोपमा एक जना गाउँ पालिका अध्यक्ष पक्राउ परेका छन ।
रुपन्देहीको समरीमाई गाउँ पालिका अध्यक्ष समाजले पचाउनै नसक्ने काम गरे पछि प्रहरी द्धारा गिरफ्तार भएका हुन । अध्यक्ष शुक्लालाई एक जना स्थानीय महिलाले वलत्कार गरेको भन्दै उजुरी दिए पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले महिलाको उजुरी पछि शुक्लालाई पक्राउ गरि अनुसन्धान थालिएको बताए । सत्य, तथ्य छानबिन गरि दोषी देखिए निजलाई कडा कार्यवाही गर्न स्थानीयले माग गरेका छन ।