समृद्द प्रदेश निर्माणका लागी नयाँ बन्ने सरकारलाई सहयोग रहन्छ-आचार्य

अनिल गुरुङ्ग
साउन–२८,हेलो नेपाल ।
लुम्विनी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री चेत नारायण आचार्यले आफ्नो कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । बिहीबार बुटवलमा मन्त्रालयले गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफु मन्त्रालयमा आएदेखी जनताको पक्षमा,प्रदेश र राज्यको पक्षमा निस्वार्थ रुपले काम गरेको भन्दै आफ्नो कार्यकाल सफल भएको बताउनुभएको हो ।
आचार्यले लुम्बिनी प्रदेशको सम्वृद्धिको लागी आफुहरुले थालेको अभियानले बाटो समातेको बताउनुभयो । उहाँले सम्वृद्ध प्रदेश निर्माणका लागी नयाँ बन्ने सरकारलाई सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री आचार्यले कानुन निर्माण र कार्यान्वयनले हिसाबले पनि लुम्बिनी प्रदेश उष्कृट प्रदेश रहेको दावी गर्दै उहाँले कर्मचारी विधेयक नआउदा कर्मचारीमा निराशा छाएको बताउदै कर्मचारी विधेयक चाडो ल्याउनुपर्नेमा जोड दिनुभयो ।