शनिबार, ६ बैशाख २०८२ २२:११

नेकपा माओवादी केन्द्रले भदौ मसान्त भित्र पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने

शनिबार, ३० श्रावण २०७८ ०९:२१

साउन–३०,हेल्लो नेपाल ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ । शनिबारबाट काठमाडौंमा सुरु माओवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन पेश गर्दै राष्ट्रिय सम्मेलनको प्रस्ताव गर्नुभएको हो । प्रस्तावमा यही भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोल देखि वडा हुँदै गाउँ सम्मेलनहरू गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । त्यस्तै बैठकमा प्रचण्डले बिधान मस्यौदा प्रतिवेदन पेश गर्नुभएको थियो । विधान कार्यदल र संगठनात्मक कार्यदलले अघि सारेका प्रस्तावहरुका साथै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न ८ समूह गठन गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस् –

सात प्रदेशका सात वटा र भूगोल बाहेकका केन्द्रीय सदस्यहरुको १ गरि ८ समूहमा छलफल गरेर आइतबार ११ बजे बस्ने बैठकमा सुझाव पेश गर्ने कार्यतालिका रहेको उहाले बताउनुभयो । त्यसअघि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरु नयाँ योजनाका साथ अघि आउन सक्ने संभावना रहेकाले पार्टी पंक्ति सचेत हुनुपर्ने बताउनुभएको थियो । प्रचण्डले केन्द्रीय समिति बैठक सकिएपछिसरकारको सन्दर्भमा सघन ढंगले छलफल हुने जानकारी गराउनुभएको थियो । वाम लोकतान्त्रिक अभियानलाई निरन्तरता दिनुपर्नेमा प्रचण्डले जोड दिनुभएको थियो ।

यो भिडियो पनि हेर्नुहोस् –