बिहीबार, २३ मंसिर २०७८ ०९:१२

अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध-अध्यक्ष नेपाल

शनिबार, २७ कार्तिक २०७८ १२:४३

कार्तिक २७, हेल्लो नेपाल ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने भन्दै अहिले आफुहरुको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताउनुभएको हो । उहाले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको धारणा पनि राख्नुभयो । त्यस्तै उहाले पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको दावी गर्नुभयो । अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरुलाई सुुझाव दिनुभयो । उहाले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा संगठनको नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै केहि पत्रकारले आपत्ती जनाएका थिए । समाजवादीका प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले छुटेका व्यक्तिलाई समायोजन गर्ने आश्वासन दिएपनि उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका थिए । शम्भु श्रेष्ठलाई अध्यक्षमा स्वीकार गरेपनि अन्य पदाधिकारी चयनमा भने विवाद देखिएको हो ।