बुधबार, १९ आश्विन २०७९ १२:२५

एमसीसी–सम्झौता विरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले विरोध प्रदर्शन

बुधबार, २६ माघ २०७८ ०८:०३

माघ २६, हेल्लो नेपाल ।

एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
संसद बाहिर रहेका बिभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको बिरोधमा बुधबार काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसंग जोडिएको भन्दै राष्ट्रहित बिपरित गरको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगाएका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयु्््क्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, लगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।