मंगलवार, १७ असार २०८२ ०४:३८

कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध-प्रधानमन्त्री देउवा

सोमबार, ३० श्रावण २०७९ ०९:०३

साउन ३०,

प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले मुलुकलाई विश्व समुदायले पहिचान दिने क्षेत्र कला, संस्कृति, इतिहास भएको भन्दै यसको संरक्षण तथा प्रवद्र्धनमा सरका प्रतिवद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनुभयो । प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने उहाको भनाई छ ।

त्यस्तै उहाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिँनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गर्नुभएको थियो ।

Gagal mengambil konten.