शनिबार, १३ आश्विन २०८० ०२:४७

चीनको एक रेष्टुरेन्टमा विस्फोट  हुँदा ३१ जनाको मृत्यु

बिहीबार, ७ असार २०८० ०४:५०

चीन। चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट  हुँदा ३१ जनाको ज्यान गएको छ । भने सोही घटनामा   सात जना घाइते भएका छन् ।

बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको घटना प्रति चिनियाँ राष्ट्रपति सी जिनफिङले दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।