मंगलवार, १७ असार २०८२ ०३:१०

छाउपडी प्रथा मा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङ्ग

आईतवार, ६ असार २०७८ १६:४५

असार ६, बुटवल

नेपाल को मध्ये तथा सुदुर पश्चिम को गाउँ तथा पहाडी भेग मा प्रचलित कुप्रथा मा आधारित नेपाली कथानक चलचित्र ३ टालो अहिले चलचित्र बजार मा चर्चा को बिषय बनेको छ । 

रिम विश्वकर्मा को कथा अनि दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादन मा निहारिका फिल्मस प्रा लि को ब्यानर मा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओ एस आर बाट रिलिज भएको हो । जसमा रिम विश्वकर्मा ,अन्जली खड्का , प्रेम देव गिरि , सुशिला सिंजापती , सुशिला सिं , उदय बि के , गगन बि के एलिशा बादी , सम्झना बादी , खगेन्द्र के पी , भुपेश सोनि , शेरबहादुर ,खगेन्द्र जैसी , जमुना बि क आदि जस्ता नया अनुहार ले पर्दापण गरेका छन भने यो फिल्म मा भएको दुइटा गित मा मेलिना राई , शान्ती श्री परियार रिषी खड्का को आवाज रहेको छ , र रमेश बि जि र ऋषि खड्का को शब्द रचना रहेको छ । उत्तम रिमाल को द्वन्द निर्देशन रहेको उक्त चलचित्र मा दुई ओटा द्वन्द को दृश्री समावेस गरिएको छ । खास गरि छुई ( मासिक श्राव ) को बेला चेली लाई छ दिन सम्म घर मा बस्न नदिई गोठ मा वा जङ्गल मा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथा लाई उन्मुलन गर्न हेतु सहयोगी को काम गरोस भनेर यो फिल्म निर्माण गरिएको हो भन्ने कुरा कथाकार तथा निर्माता रिम विश्वकर्मा हामीलाई बताउनु भयो । वर्षा को समय मा वास्तविक छाउगोठ मै गई एकदमै दुख गरि बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपाली ले एक पटक हेर्नै पर्ने निर्देशक दीपक श्रेष्ठ को भनाई छ । कथा मा जिवन्तता आओस भन्ने हेतु ले स्थानिय कलाकार लाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ ।

भिडियो लिंक यहाँ छ:

Gagal mengambil konten.