देवदह नगरपालिकाका सवै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन

कार्तिक -६, हेल्लो नेपाल ।
नेकपा एमालेले देशै भरीका वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ । जस अन्तर्गत रुपन्देही जिल्लाको देवदह नगर पालिकाका १२ मध्ये ११ वटा वडामा अधिवेशन सम्पन्न भएको नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिनु भएको छ ।
सोही क्रममा देवदह १० को अधिवेशनमा बोल्दै पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य दधिराम न्यौपानेले अबको दिनमा नेकपा एमाले शसक्त रुपमा अघि बढने बताउनु भयो ।
पार्टीका लागि वडा कमिटी आधारभुत तह भएकाले सवै कार्यकर्ताहरु जिम्मेवार भएर पार्टी काममा कृयाशिल भएर लाग्न आग्रह गर्नु भयो ।
अधिवेशन सम्पन्न भएका वडाहरुमा सर्वसम्मत रुपम नेतृत्व चयन भएको छ । देवदह १ को अध्यक्षमा केशुमाया श्रेष्ठ , वडा नम्वर ३ को अध्यक्षमा नवीन गैरे, ४ को अध्यक्षमा मन बहादुर थारु, वडा नम्वर ५ मा गणेश डुम्रे चयन हुनु भएको छ ।
त्यसै गरि वडा नम्वर -६ मा राजन अधिकारी, वडा नम्वर -७ मा तिलविक्रम बुढाथोकी , ८ मा दाताराम अर्याल, वडा नम्वर -९ मा जगन्नाथ अधिकारीको अध्यक्षतामा वडा अधिवेशन गठन भएको छ ।
त्यस्तै वडा नम्वर -१० मा एक नारायण रिजाल, वडा नम्वर ११ मा जित बहादुर चौधरी र वडा नम्बर -१२ मा बाबुलाल यादव अध्यक्ष निर्वाचित
भएको छ ।
विशेष कारणवश रोकिएको देवदह -२ को वडा अधिवेशन कातिक ७ गते हुने बताइएको छ ।
देशै भरिका वडाहरुको अधिवेशनको पार्टी अध्यक्ष केपि ओलीले भर्चुअल माध्यमबाट एकै पटक उदघाटन गर्नु भएको थियो ।
देवदह नगरका वडाहरुको अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटी , जिल्ला कमिटी , क्षेत्रीय कमिटी तथा नगर कमिटीका सदस्यहरु रहेको कार्यदल गठन गरिएको थियो ।
कार्यदलले गरेको सहजीकरणका कारण सवै वडामा सर्वसम्मतका आधारमा अधिवेशन सम्पन्न भएको पार्टीका देवदह नगर सचिव मनकुमार
कनौजेले बताउनु भयो ।