सोमबार, १६ माघ २०७९ १४:३६

देवदह नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न

सोमबार, २५ पुष २०७९ १३:०९

पुष–२५, हेल्लो नेपाल ।
देवदह नगरपालिकाले आवधिक योजना तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। आईतबार देवदह नगरपालिकाले दिगो विकासमा जोड दिदै स्थानीय तहको आवधिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी देवदह नगरपालिकाको आयोजना र स्कोलर नेपाल प्रालिको प्राबिधिक सहयोग तथा सहजीकरणमा सम्पन्न भएको हो।

कार्यशालामा प्राविधिक सहयोग प्रदान गरिरहेको संस्थाको तर्फबाट आवधिक योजना निर्माणका बिभिन्न चरण, आवश्यक सूचक संकलन प्रक्रिया , योजना ,विषयगत रुपमा गर्नुपर्ने कामहरूको बारेमा जानकारी प्रदान गरिएको थियो। विकास निर्माणमा स्थानीय तहको सरकारको काम महत्वपूर्ण रहने भएकाले संभावना खोजेर योजना निर्माण गर्न आवश्यक रहेको बताईएको थियो। योजना निर्माण गर्दा प्राथमिकरण गरेर विकास निर्माणका योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए। साथै विकास निर्माणको काम गर्नु भन्दा पहिला दीर्घकालिन सोच बनाउन आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुब प्रसाद खरेलले बिकास निर्माण र समृद्द नगरपालिकाको लागि सिंगो नगरपालिकाको टिम लागि परेको बताउदै नगरका ठुला गुरु योजनालाई प्राथमिकताको साथ अगाडी बढिरहेको समेत बताउनुभयो। त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी लगायत बिकास निर्माणका कुनै पनि कार्य लाई द्रुतगतिमा अगाडी बढाई रहेको एवं बढाउन खोजिरहेको समेत बताउनुभयो। दिगो विकास लक्ष्य प्राप्तीका लागि आवधिक योजनाले सहयोग पुर्याउने आधारको रुपमा लिएको छ।

देवदह नगरपालिका नगर प्रमुख ध्रुब प्रसाद खरेलको अध्यक्षतामा भएको स्थानीय तहको आवधिक योजना निर्माणार्थ आयोजना गरिएको कार्यशाला गोष्ठीमा नगर–उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र गंगा पन्थिको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, उपसचिव टिकाराम शर्मा, वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा देवदह नगरपालिकाको विभिन्न शाखा प्रमुखको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।