शुक्रबार, १२ आश्विन २०८० २२:०८

धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला

बिहीबार, १७ चैत्र २०७८ ०८:५२

काठमाडौं- काठमाडौं धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ ।

सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातो कपडाले छापिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।