सोमबार, १५ आश्विन २०८० २२:४३

नेकपा एमाले देवदहमा सर्वसम्मत रुपमा नेतृत्व चयन

शुक्रबार, १२ कार्तिक २०७८ ११:५९

कार्तिक १२, हेल्लो नेपाल ।   

नेकपा एमाले देवदह नगर कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । कातिक ९ गते भएको अधिवेशनबाट अध्यक्षमा टिकाराम चापागाईं,उपाध्यक्ष हिरा थापा, सचिबमा विष्णु अर्याल, उपसचिवमा फुलमाया राना र अजय रौनियार सर्वसम्मत रुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक ऋषिराम सापकोटाले बताउनु भएको छ ।

नगर कमिटीका सदस्यहरु यस अघि नै निर्विरोध रुपमा चयन भएका थिए।  सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने वातावरण निर्माण भएको भन्दै निवर्तमान अध्यक्ष प्रकाश अर्यालले सवैलाई धन्यबाद दिनु भएको छ ।