शनिबार, २४ मंसिर २०७९ १३:४६

नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १४ पुष २०७८ १४:३८

पुष १४, हेल्लो नेपाल ।

नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ३६ पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ८८ जनाका मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा ८ लाख ११ हजार २ सय ६५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।