बुधबार, २१ मंसिर २०७९ १५:२०

नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार, ६ पुष २०७८ १२:५५

पुष ६, हेल्लो नेपाल ।

नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोरोना कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।