बिहीबार, २३ मंसिर २०७८ १०:०८

नेपालमा शुक्रबार थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २६ कार्तिक २०७८ १४:१४

कार्तिक २६, हेल्लो नेपाल ।

नेपालमा शुक्रबार थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार १ सय ३४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ९ सय ३२ एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४ सय ५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ४ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ४ सय ९८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।