बिहीबार, २१ मंसिर २०८० ०५:३८

नेपाली कांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने

बुधबार, २२ मंसिर २०७८ ०५:१३

मंसिर २२, हेल्लो नेपाल ।

नेपाली कांग्रेसको सभापतिको उम्मेद्वारका बिषयमा संस्थापन इतर समुहले बुधबार धारणा सार्वजनिक गर्ने भएको छ ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको सो समूहको बैठकले बुधबार बेलुकासम्म साझा उम्मेदवारसहित धारणा सार्वजनिक गर्ने निर्णय गरको हो । बैठकमा भएको छलफलमा कांग्रेस महामन्त्री शशांक कोइराला सभापतिको दावेवारीबाट पछि हट्नुभएको छ । बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाउनुभएको थियो ।

कांग्रेस बरिष्ठ नेता रामचन्द पौडेल सहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुनुहन्छ । बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषयमा सहमति नजिक पुगेको बताउनुभयो । उहाले केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने जानकारी दिनुभयो । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेको उहाको भनाई छ ।

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफु मागप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताउनुभयो ।

आफूहरुबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ । सो पक्षको भेला बुधबार पुन बोलाइएको छ ।