मंगलवार, १६ आश्विन २०८० ००:५८

नेपाल विद्यार्थी संघद्वारा पार्टी कार्यालय सानेपामा प्रदर्शन

बिहीबार, २७ माघ २०७८ १५:०१

माघ २७, हेल्लो नेपाल ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको माग छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरुलाई उनीहरुले संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् । नेविसंघका बिद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई निष्कृय नवनाउन ध्यानाकर्षण गराइएको बताउनुभयो । महाधिवेशन सुनिश्चीत गर्न दवाव आवश्यक रहेको उहाको भनाई छ ।

सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिनुभयो ।

लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।