मंगलवार, १७ असार २०८२ ०३:१०

पदको कुनै लोभ छैन मन्त्री छाड्न तयार छु–आले

मंगलवार, २४ जेष्ठ २०७९ १३:५४

जेठ–२३,हेल्लो नेपाल ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुलाई बद्नाम गर्न खाजेको आरोप लगाउनुभएको छ ।


मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शुभारम्भ एवं शिलान्याश कार्यक्रममा बोल्दै मन्त्री आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताउनुभएको हो ।

मन्त्री आलेले आफुलाई पदको कुनै लोभ,लालच नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गर्नुभयो । आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यस बीचमा २ महिना ग्रेस मार्क समेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने तर्क गर्नुभयो ।

मन्त्री आलेले वतास समूह बिरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको बताउनुभयो । उहाँले पशुपति क्षेत्रको बिकासका लागि त्यहा भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Gagal mengambil konten.