बुधबार, १७ आश्विन २०८० ००:२२

भक्तपुरमा आगामी चैत्र २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगीता हुने

शनिबार, १९ चैत्र २०७८ १६:१३

चैत्र १९- भक्तपुरमा आगामी चैत्र २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगीता हुने भएको छ ।

आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको बिशेषता र व्यापकतालाई दृष्टिगत गर्दै यसलाई परिस्कृत र उत्कृष्ठ बनाउनका लािग प्रतियोगिताको आयोजना गरिएको जनाएको हो । प्रतियोगताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ ।

मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा हुने प्रतियोगीतामा करिव ३६ वटा संघसंस्थाको सहभागीता रहने विश्वास आयोजकले लिएको छ । पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको ऐतिहासिक सम्पदा सस्कृति जगेर्नाका लागि नगरपालीका गम्भीर रहेको बताउनुभयो ।

नेवारी बाजाहरू अन्तर्गत धिमे महत्वपूर्ण जात्रा,चाडपर्वमा बजाईने बाजा हो । यसमा भुछ्या, सिछ्या र धिमा सयुक्त बजाईने गरिन्छ ।