मंगलवार, १० जेष्ठ २०७९ १४:५९

महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति

मंगलवार, १० फाल्गुन २०७८ ०७:०९

फाल्गुन १०, हेल्लो नेपाल ।

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ ।

सोमबार मन्त्रालय र महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको थियो । सहमति पछि शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई सुधार्ने सवैको साझा संकल्प रहेको बताउनुभयो । उहाले राजनीतिका कारण अव शिक्षा नविग्रने स्पष्ट पार्नुभयो । उहाले प्रतिवेदनलाई कानूनसम्मत ढंगले लागू गर्ने कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै महासंघका अध्यक्ष कमला देवी तुलाधरले प्रतिवेदन कार्यान्वयनलाई सरकारले समयमा नै कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले प्रतिवेदन कार्यान्वयन भएपछि मात्रै शिक्षक र कर्मचारीले राहत महसुश गर्ने धारणा राख्नुभयो ।

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव यादवप्रसाद कोइराला र सहसचिव दीपक शर्माले हस्ताक्षर गरेका छन भने महासंघका तर्फबाट अध्यक्ष कमलादेवी तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, उपाध्यक्ष टीकादेवी राई र उपाध्यक्ष तिलक कुँवरको हस्ताक्षर गर्नुभएको छ ।