बुधबार, १८ असार २०८२ ०८:४४

मिलिजुली आमा समुहको १४ औं साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न

आईतवार, १९ मंसिर २०७८ ०२:१४

सियारी, तुलसी राम पौडेल।

रुपन्देहीको सियारी गाउपालिका -६ मिलनचोक स्थित मिलिजुली आमा समुहको १४ औं साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न भयो । साधारण सभा तथा पाचौं अधिवेशनले गोमा सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।जसको उपाध्यक्षमा विष्णु थापा ,सचीवमा जमुना सुवेदी र कोषाध्यक्षमा श्रुतीभा नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसै सदस्यहरुमा अन्जना सुवेदी ,सुमित्रा सापकोटा ,पुतली अर्याल ,सुमित्रा थापा ,अमृता थापा ,ज्ञानु सुवेदी ज्योति कुवर सर्वसम्मत निर्वाचित हुनुभएको छ। निवर्तमान अध्यक्ष कमला सापकोटाको अध्यक्षता,सिद्दार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। निवर्तमान उपाध्यक्ष गोमा सुवेदीको स्वागत मन्तव्य ,निवर्तमान सचिव गिता अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा डबल बहादुर जिसीले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

Gagal mengambil konten.