मंगलवार, १० जेष्ठ २०७९ १५:०४

म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने- कांग्रेस

बुधबार, २६ माघ २०७८ १२:३१

माघ २६, हेल्लो नेपाल ।

नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको छ ।

बुधबार बालुवाटारमा सभापति शेरबहादुर देउवासंग छलफल गर्दै पार्टी पदाधिकारीले कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको हो । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ । म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनका बारेमा सभापतिसंग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने उहाले बताउनुभयो ।

उहाले स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुद बनाउनका लािग आवश्यक रणनीति तय गर्ने जानकारी दिनुभयो ।

कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन् । त्यस्तै बिभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।