बिहीबार, २३ मंसिर २०७८ १०:२८

रक्षा मन्त्रि पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको छु- मन्त्रि रिजाल

सोमबार, १ कार्तिक २०७८ ०५:४०

कार्तिक १, हेल्लो नेपाल ।

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।आइतबार रक्षा मन्त्री रिजाललाई प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो ।

त्यस्तै प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताउनुभएको थियो । उहाँले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गर्नुभयो । उहाले नेपाली सेनाले प्राथमिकतामा राखेका कामको कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।