मंगलवार, १० जेष्ठ २०७९ १५:१५

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपाल मै समाहित हुने दाबी- कमल थापा

आईतवार, ४ बैशाख २०७९ ०२:०२

चैत्र ३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपाल मै समाहित हुने दाबी गर्नुभएको छ ।
शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै पछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गर्नुभयो ।

अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएको थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताउनु भयो । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान , स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको जानकारी दिनुभयो । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गर्नुभयो ।

थापाले देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको बताउनु भयो । उहाँले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको औल्याउनुभयो ।