बुधबार, १९ आश्विन २०७९ १०:५०

राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले लिनुभयो पद तथा गोपनियताको सपथ

मंगलवार, २९ चैत्र २०७८ ०७:२४

काठमाडौँ- राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गराउनुभएको हो । त्यस्तै अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गर्नुभएको थियो । सपथ पछि दाहालले देश र जनताप्रति गरेका प्रतिवद्धतालाई कानूनी र व्यवहारिक रुपमा कार्यान्वयन गर्न जोड दिने बताउनुभयो । उहाले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने धारणा पनि राख्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गर्नुभएको हो । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।