बिहीबार, २१ मंसिर २०८० ०६:५१

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

आईतवार, ७ कार्तिक २०७८ १४:१४

कार्तिक–७, हेल्लो नेपाल।
रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा पश्चिमबाट बुटवल तर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको हो।

दुघर्टना परी ज्यान जानेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बस्ने सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी घाइते भएका एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउलाई सामान्य उपचारपछि अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा राखेको छ ।